• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट थप एक पुरुषको मृत्यु


बुधबार, असोज ७ २०७७
820
Shares


कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा जिल्लाको औरी–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

मस्तिकमा पक्ष्यघात भएर पटक–पटक मृगिको दौरा आउने, टाउको दुख्ने उल्टी आउने भएर अस्पताल भर्ना भएका उनमा असोज ६ गते प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई न्यूरो अस्पताल विराटनगरले प्रतिष्ठान रेफर गरेको थियो । उनलाई सोही दिन भर्ना गरिएकोमा गत राति १२ः४५ मा उनको निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार