काठमाडौँ । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने वर्ष २९ का रघुवीरसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रातको समयमा सोही ठाउँ बस्ने नन्दराम ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
मृतकसँगै अन्य ४ जना रहेको र घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ ।