• सोमबार, साउन ११ २०८३

कोरोनामुक्त भएका व्यक्तिहरुले सुरु गरे प्लाज्मा दान अभियान


बुधबार, असोज ७ २०७७
770
Shares

काठमाडौं ।अहिले विश्वभरिका मानिसहरु कोरोना महामारीसँग लडिरहेको बेला कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् ।

कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् । काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड १९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् ।

उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।

कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड १९ संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार