• बिहिबार, साउन १४ २०८३

गण्डकीमा बाढीपहिरोबाट १ सय २६ को मृत्यु


बुधबार, असोज ७ २०७७
645
Shares


पोखरा । अविरल वर्षा सँगै आएको बाढीपहिरोले यो वर्ष गण्डकी प्रदेशमा १ सय २६ जनाले ज्यान गुमाएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले आफ्नो मन्त्रालयका बारेमा उठेका विषयमा बुधबार जवाफ दिने क्रममा उक्त जानकारी गराएका हुन् ।

जयान गुमाउनेमा बागलुङमा ५२, म्याग्दीमा २९, तनहुँमा १३, पर्वतमा ९, कास्कीमा १० स्याङ्जामा ५ जना गरि हालसम्म बाढीपहिरोको कारणले १ सय २६ जनाले ज्यान गुमाएको र म्याग्दीमा ४ जना बेपत्ता रहेको मन्त्री चुमानले जानकारी गराए । म्याग्दी, बागलुङ, तनहुँ लगायत जिल्लामा भएको घरको क्षतिको विवरण भने संकलन भइरहेको उनले बताए ।

गण्डकी प्रदेश सरकारले प्रतिमृतक ५० हजार रुपैयाँका दरले पीडित परिवारलाई प्रदान गर्ने नियम बनाएको छ । धेरैजसोलाई उक्त रकम प्रदान गरिए पनि म्याग्दीका कतिपय पीडितलाई दिन बाँकी रहेको उनले बताए ।

बाढी पहिरो गएको ठाउँमा प्रदेश सरकारले हालसम्म ४ सय २२ वटा त्रिपाल, रोटरी क्लबमार्फत आक्वा बक्स ३२ सेट, म्याग्दीमा ६ लाख रुपैयाँको खाद्यान्न प्रदेश सरकारले उपलब्ध गराएको छ । विपद् व्यवस्थापनका लागि मनाङ र मुस्ताङमा २÷२ लाख र बाँकी ९ जिल्लामा १०÷१० लाख पठाएकोमा बागलुङमा बढी क्षति भएकाले थप ४० लाख रुपैयाँ पठाइएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार