• आइतबार, भाद्र ७ २०८३

कोरोनाबाट ललितपुरमा थप दुईको मृत्यु


बुधबार, असोज ७ २०७७
720
Shares


कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ ।

जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो। गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो। उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएको थियो। उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार