• बिहिबार, साउन १४ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु


बुधबार, असोज ७ २०७७
680
Shares


कोरोना संक्रमणबाट नेपालमा थप एक पुरुषको मृत्यु भएको छ ।

बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको छ।

उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो। असोज ५ गते पिसिआर परीक्षणका गर्दा संक्रमण पुष्टि भएको थियो।

कोरोना सँगै फोक्सोको देब्रे भागमा निमोनियाको गम्भीर संक्रमण देखिएका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार