गोरखा । गैरसरकारी संस्था महासंघ गोरखाले प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाजिक सेवा दिवशका अवसरमा महासंघले जिल्ला प्रहरी कार्यालय गोरखालाई अत्यावस्यक स्वस्थ्य सामाग्री सहयोग गरेको हो ।
२४ सै घण्टा फ्रण्ट लाइनमा खटिने प्रहरीलाई कोरोना भाइरसको जोखिमबाट बचाउन मास्क, सेनिटाइजर, फेस सिल्ड, ग्लोप्स लगायतका सामाग्री सहयोग गरिएको गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले जानकारी दिए ।
सो सामाग्री मंगलबार जिल्ला प्रहरी कार्यालयमा एसपी सुरेन्द्र बहादु्र गुरुङलाई महासंघ गोरखाका अध्यक्ष श्रेष्ठ र महासंघका गण्डकी प्रदेश संयोजक एवं केन्द्रिय सदस्य काजीराम रोकाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
जसमा ५ सय पिस सर्जिकल मास्क, ५ लिटरको एक थान र ५ सय एमएलको ४ थान सेनिटाइजर, ५० थान फेस सिल्ड र पञ्जा रहेको बताइएको छ ।
महासंघले सामाजिक सेवा दिवशका अवसरमा बुधबार सदरमुकाममा २० जना बृद्धबृद्धालाई सम्मान गर्ने र आगामी शनिबार गोरखामा कृयाशिल गैससहरुको पारदर्शिता र सुशासनका बारे अन्तरकृया कार्यक्रम आयोजना गरेको जनाएको छ ।