Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५ सय ११ , भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।