नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ११ हाजर १ सय ५४ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ३४ हजार ९ सय ७७ पुगेको छ।
पछिल्ले २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ
निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले जनाकारी दिए।