• बिहिबार, साउन १४ २०८३

दीपिकालाई पनि सोधपुछ गर्न सक्नेः सुशान्त मृत्यु प्रकरण


मंगलबार, असोज ६ २०७७
1.6K
Shares

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई पनि अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरण अनुसन्धानमा सोधपुछ गर्न सक्ने भनिएको छ ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले ३ वर्षअघि गरेको कुराकानी उधृत गर्दै दीपिका पादुकोण पनि लागुऔषधमा संलग्न भएको दाबी गरिएको हो।

दैनिक भास्करका अनुसार घटना अनुसन्धान गरिरहेको एनसीबीले यो घटनामा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको हो।

स्रोतका अनुसार यो मुद्दामा आफ्नो नाम मुछिएपछि दीपिका कानुनी परामर्श गर्ने तयारी गरेकी छन्।

एनसीबी टोलीले भने दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्ने सम्भावना छ।

सुशान्त मृत्यु प्रकरणमा एनसीबी टोलीले कहाँ/कहाँ ड्रक्स कनेक्सन थियो भनेर गम्भीर अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार