• बिहिबार, साउन १४ २०८३

साझा यातायात भोलिदेखि लामो दुरीमा चल्ने


मंगलबार, असोज ६ २०७७
945
Shares

काठमाडौं । लामो समयको निषेधज्ञा पछि साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ ।

बुधबार (भोलि) देखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।

बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ । साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार