डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शिक्षण अस्पताल महाराजगञ्ज जान नदिई जबरजस्ती नेसनल ट्रमा सेन्टर लगेको छ।
कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ ।
उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।
डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरुले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरुलाई उनलाई भेट्न दिइएको छैन ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा.केसी बुद्ध एयरको नियमित उडानमार्फत् नेपालगञ्जबाट काठमाडौं आएका हुन्।