• शनिबार, भाद्र ६ २०८३

कीर्तिमानी आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


मंगलबार, असोज ६ २०७७
655
Shares


सोमबार निधन भएका कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।शेर्पाको किरिया खर्च समेत सरकारले व्यहोर्ने छ।

पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निजी निवासमा सोमबार बिहान १० बजे निधन भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार