• बिहिबार, साउन १४ २०८३

९ किलो अफिमसहित दुई महिला पक्राउ


मंगलबार, असोज ६ २०७७
1.6K
Shares


काठमाडौं । लागु औषध अफिमसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिमसहित दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्री छन् ।

इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनिहरुलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो ।

रोका र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

रोकाले बोकेको बुट्टेदार साईड ब्यागबाट ४ किलो ९ सय ३५ ग्राम र झाक्रिले बोकेको रातो साइड ब्यागबाट ४ किलो ८ सय ८५ ग्राम लागुऔषध बरामद गरिएको छ । अदालतबाट लागुऔषध मुद्धामा म्याद थपेर उनिहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार