• बिहिबार, साउन १४ २०८३

देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह


मंगलबार, असोज ६ २०७७
655
Shares


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

महाशाखाकाअनुसार आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्ने भए पनि बहाव सर्तकताभन्दा तले रहेने अनुमान छ। त्यस्तै कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्ने पूर्वानमान गरिएको छ ।

असोज ६ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार