• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट केन्द्रीय कारागारका थप एक कैदीको मृत्यु


मंगलबार, असोज ६ २०७७
1.1K
Shares


कोरोना संक्रमणको कारणले केन्द्रीय कारागार सुन्धारामा थप एक कैदीको मृत्यु भएको छ ।

असोज ३ गते मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ संक्रमण पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो।

कर्तव्य ज्यान मुद्दामा जन्म कैदको जेल सजाय काटिरहेका उनी मिर्गौला रोगी थिए। उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको मृत्यु भएको थियो।

उनका आफन्तले भने कोरोना र बिमारी नभइ अन्य कारणले नै ज्यान गएको गुनासो गरिरहेका छन्। आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए।

केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमितको ज्यान गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार