• बिहिबार, साउन १४ २०८३

सडक निर्माणका क्रममा लडेर मजदुरको मृत्यु


मंगलबार, असोज ६ २०७७
595
Shares

गोरखा । सडक निर्माणको काम गरिरहेका एक मजदुरको ज्यान गएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडकखण्डमा काम गरिहरहेका २० वर्षीय दिपक गुरुङ मृत्यु भएको प्रहरीले बताएको छ ।

धार्चे गाउँपालिका वडा नम्बर १ दुवानका गुरुङ वडा नम्बर ३ को लाक्पाल बस्ती नजिकै सडकबाट चिप्लिएर करिब ४० मिटर तल बूढीगण्डकी किनारमा खसेका थिए ।

उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

मृतककाे शव पोष्टमार्टमका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्यायएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार