• सोमबार, साउन ११ २०८३

गोरखामा काेराेना संक्रमितको संख्या २ सय २८ पुग्यो


मंगलबार, असोज ६ २०७७
660
Shares

गोरखा । सोमबार गोरखामा कोरोना भाइरसका एक जना संक्रमित थपिएका छन् । सिरानचोक गाउँपालिका वडा नम्बर ६ का ३३ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

यससंगै गोरखामा संक्रमितको संख्या २ सय २८ पुगेको छ । जिल्लाका चुमनुब्री र धार्चे गाउँपालिका बाहेकका अन्या पालिकाहरुमा गरी सो संख्यामा संक्रमित देखिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म ६ हजार १ सय ६२ जनाको कोरोना परिक्षण गर्दा २ सय २८ जनामा कोरोना देखिएको बताइएको छ भने ५ हजार ९ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय गोरखाका सुचना अधिकारी हर्क बहादु्र रोकाले बताए ।

क्वारेनटाइन बसेका, कन्ट्याक्ट ट्रेसिङ गरिएका, शंकास्पद लगायत गरी हालसम्म स्वाव संकलन भएका ६ हजार ५ सय ५ जनामध्ये अझै ३ सय ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको रोकाको भनाई छ ।

त्यस्तै हालसम्म कोरोनाबाट जिल्लाभित्रै भने २ जनाको मृत्यु भएको छ । त्यस्तै गोरखा घर भई बिभिन्न कामका सिलसिलामा बाहिरी जिल्ला गएका ५ जनाको समेत कोरोना कै कारण मृत्यु भएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

यसैगरी संक्रमित भएका २ सय २८ मध्ये हाल आइसोलेसनमा भने ३६ जना मात्रै छन् । अन्य भने निको भएर घर फर्किसकेको बताइएको छ । जिल्लामा गोरखा क्याम्पस, गण्डकी गाउँपालिका र आरुघाटमा गरी १ सय ८ बेडको आइसोलेसन सञ्चालनमा छ ।

त्यस्तै हाल जिल्लाका ११ स्थानीय तहमा गरी १ सय १ जना हाल क्वारेनटाइनमा बसिरहेका र उनिहरुमध्ये केहिको पिसिआर परिक्षण भई रिपोर्ट आउन बाँकी रहेको र केहिको परिक्षण तयारी भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार