• बिहिबार, साउन १४ २०८३

कतारमा ज्यान गुमाएकाको परिवारलाई टोल विकासको सहयोग


सोमबार, असोज ५ २०७७
635
Shares

गोरखा । रोजगारीको सिलसिलामा कतारमा केहि महिना अघि ज्यान गुमाएकाको परिवारलाई नयाँ बस्ती तल्लो बराह टोल विकास संस्थाले सहयोग गरेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ८ मा घर भई कतारमा ज्यान गुमाएका बाबुदिन मियाँको परिवारलाई टोल विकास संस्थाले नगद १४ हजार ४ सय ६५ रुपैया सहयोग गरेको अध्यक्ष शारदा खत्रीले बताइन ।

रोजगारीको सिलसिलामा कतारमा मियाँको गत बैशाख १ गते हृदय घातबाट ज्यान गएको थियो । उनको परिवारमा श्रीमती सहित २ छोरा र एक छोरी छन ।

उनिहरुको पालन पोषणमा सहयोग गर्ने उदेश्यले संस्थाको सकृयतामा सो रकम जुटाएर सहयोग गरिएको अध्यक्ष खत्रीले जानकारी दिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार