• सोमबार, साउन ११ २०८३

उपत्यकामा थपिए ६ सय ७४ संक्रमित


सोमबार, असोज ५ २०७७
900
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient


काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो।

तीमध्ये काठमाडौंका ५ सय ३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामै यसको संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन्। जसमध्ये काठमाडौंका दुई जना, भक्तपुरका दुई र ललितपुरका एक जना पनि छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार