• बिहिबार, साउन १४ २०८३

सोमबार कोरोनाबाट थप १६ को मृत्यु


सोमबार, असोज ५ २०७७
700
Shares


बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४ सय २७ पुगेको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार