सोमबार थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ छ।