• सोमबार, साउन ११ २०८३

थप ३० जना प्रहरीमा संक्रमण पुष्टि


सोमबार, असोज ५ २०७७
755
Shares

काठमाडौँ । सोमबार थप ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पश्चिम नवलपरासी सुनवलमा रहेको दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत ३० जनामा संक्रमण देखिएको हो ।

जसमा प्रहरी नायब उपरीक्षकसहित प्रहरी जवानसम्म छन् ।संक्रमित सबै १९ देखि ५१ वर्षसम्मका पुरुष छन् ।

यसअघि गणमा कार्यरत ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरी पठाइएका मध्ये ३० जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद पोखरेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार