• बिहिबार, साउन १४ २०८३

बंगलादेशबाट पैंचामा मल ल्याउन भारतले सहयोग गर्ने


सोमबार, असोज ५ २०७७
1.1K
Shares

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????


काठमाडौं । कोरोना महामारीले गर्दा चरम अभाव भएको युरिया मल बंगलादेशबाट पैंचामा नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ ।

‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्नेछ,’ राजदुत क्वात्राको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो ।

छलफलमा राजदुत क्वात्राले नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न पनि भारत सधैं तयार रहेको बताएका थिए ।

भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तरमापन, क्वारिन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायतका विषयमा छलफल भएको कृषि मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार