कोरोना संक्रमणबाट नेपालमा थप दुइ जनाको मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचात दलुई महिलाको मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको जानकारी नभएको अस्पतालले जनाएको छ ।
यस्तै सुनसरीको इनरुवाकी ४९ वर्षीय महिलाको पनि सोमबार दिउँसो मृत्यु भएको छ ।
मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी उनमा असोज १ गते कोरोना पुष्टि भएको थियो ।