• बिहिबार, साउन १४ २०८३

नेपाली श्रमिकको उद्धार गर्न दैनिक ४ उडान चाहिन्छः कतारका राजदूत


सोमबार, असोज ५ २०७७
705
Shares


काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले.अलपत्र नेपाली श्रमिकको उद्धार गर्न कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले दैनिक ४ वटा उडान आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रविधिको प्रयोगमार्फत सहभागी भएका उनले श्रमिकको उद्धारका लागि चार्टर्ड फ्लाइटबाट मात्र सम्भव नहुने बताए । हाल कतारबाट नेपालीको उद्धारका लागि नियमित उडानको व्यवस्था छैन ।

कतारमा १६ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा रहेको र चाडपर्व नजिकिँदै जाँदा यो संख्या अझै बढ्ने उनको भनाइ छ । राजदूत भारद्वाजले भने ‘सेड्युल फ्लाइटबाट मात्र यहाँ रोकिएका १६ हजार नेपालीलाई घर फर्काउन सक्छौँ ।’

अहिलेसम्म कतारबाट छ हजार सात सय ७८ जनाको उद्धार भएको उनले समितिलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार