• बिहिबार, साउन १४ २०८३

चार दिनदेखि बेपत्ता अहेव मृत फेला


सोमबार, असोज ५ २०७७
795
Shares


रुपन्देही । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।

नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत रहेका थिए । नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु२०प ४०६७ नं को मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता भएका थिए ।

नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो । नेपालका श्रीमती र एक छोरा छन् । उनका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार