काठमाडौँ । ‘हिउँचितुवा’को उपनाम पाएका हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ।
उनको आज (सोमबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।
उनको ७२ बर्ष को उमेरमा निधन भएको हो। अक्सिजनबिना नै सगरमाथाको १० पटक सफल आरोहण गरेका शेर्पाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका थिए ।