गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
सोमबार बिहान सवा १२ बजे स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा ३८ जना संक्रमित थपिएको पुष्टि गरेको हो ।
जसमा गोरखामा थपिएका संक्रमित सिरानचोक गाउँपालिका ६ का ३३ बर्षका एक पुरुष रहेको बताइएको छ ।
त्यस्तै कास्कीमा ४ जना, तनहुँमा १७ जना, बाग्लुङ्गमा १४ जना र स्यांजामा २ जना रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
