• बिहिबार, साउन १४ २०८३

पोखरीमा डुबेर तीन आमा छोरीको मृत्यु


सोमबार, असोज ५ २०७७
635
Shares

काठमाडौं । मोरङमा पोखरीमा डुबेर एकै परिवारकातनि आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो ।

रुद्र कटुवालको माछा पोखरीमा उक्त पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न तीन आमा छोरी आइतबार बिहान माछालाई चारो हाल्न गएका र साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनै डुबेको अवस्थामा मृत फेला परेका छन् ।

घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार