• शुक्रबार, असोज १६ २०८३

तीनतले भवन ढल्दा ८ जनाको मृत्यु


सोमबार, असोज ५ २०७७
785
Shares


भारतको महाराष्ट्रमा तीनतले भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार महाराष्ट्रको भिवन्डी भन्ने ठाउँमा भवन भत्किएको हो।

भत्किएको भवनभित्र अझै २० देखि २५ जनासम्म फसेको हुन सक्ने अनुमान गरिएको छ।

बीस जनाको भने उद्धार गरिएको समाचारमा जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार