• बिहिबार, साउन १४ २०८३

सुन बढ्यो, हेर्नुस् कति छ आजको मुल्य ?


सोमबार, असोज ५ २०७७
690
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य पाँच हजार २ सयको दरले बढेको छ ।

आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार