• शुक्रबार, असोज १६ २०८३

लिभरपुलको लगातार दोस्रो जित


सोमबार, असोज ५ २०७७
780
Shares


काठमाडौँ । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

नयाँ सिजनमा दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले लन्डन क्लब चेल्सीलाई २—० गोल अन्तरले हराएको हो।

आइतबार राति भएको खेलमा लिभरपुलको जितमा दुवै गोल फरवार्ड साडियो मानेले गरे। निकै प्रचिस्पर्धात्मक बनेको पहिलो खेलमा दुवै टोलीले गोेल गर्न सकेनन्। पहिलो हाफको अन्तिम मिनेटमा डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड खाँदै बाहिरिए पछि चेल्सी १० खेलाडीमा सिमित बनेको बनेको थियो।

दोस्रो हाफको ५०औं मिनेटमा मानेले गोल गर्दै टोलीलाइ अग्रता दिलाएक थिए। त्यसको ३ मिनेटपछि नै मानेले अग्रता दोब्बर पार्दै जित निश्चित पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार