• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट नेपालमा थप एक कैदीको मृत्यु


सोमबार, असोज ५ २०७७
1.1K
Shares

कोरोना संक्रमणबाट सोमबार नेपालमा थप एक कैदीको मृत्यु भएको छ ।

सुर्खेत, सहारेका ५८ वर्षीय ती व्यक्तिको बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय, अस्पतालका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

दमको बिरामी रहेका उनलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका उनको भदौ २१ गते स्वाब लिइएकोमा त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २२ गते अस्पताल भर्ना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार