• शनिबार, भाद्र ६ २०८३

सबै सिटमा यात्रु राख्ने यातायात व्यवसायीको चेतावनी


आइतबार, असोज ४ २०७७
665
Shares

यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी दिएका छन्।

सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन्।

जहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले सार्वजिनक बसमा विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालको आरोप छ।

‘गाडीमा आधा मात्र यात्रु राख्न पाउने, जाहाजमा जे गर्दा पनि हुने, जहाजमा कोरोना सर्दैन?,’ उनले प्रश्न गरे।

पहुँचकै आधारमा जाहाजले सबै सिटमा यात्रु राख्ने अनुमति पाएको उनले आरोप लगाए।

‘पैसा हुने धनीहरुले चढ्ने जहाजमा सामाजिक दुरी कायम गर्नु नपर्ने। गुड्ने र उड्नेको लागि यस्तो विभेदकारी नियम किन?,’ सिटौलाले भने।

जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने उनले चेतावनी दिएकाे खबर सेताेपाटीले छापेकाे छ ।

असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। यी सार्वजनिक सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु राख्न पाउने र सोवापत भाडा भने ५० प्रतिशत बढी लिन पाउने व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार