काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या थपिएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय २५ जनासहित देशभर संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ११ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।