• सोमबार, साउन ११ २०८३

आइतबार थपिए कोरोनाका १३ सय २५ संक्रमित


आइतबार, असोज ४ २०७७
655
Shares


नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १ सय २२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हाजर ५ सय ८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २ सय ९० पुगेको छ।

पछिल्ले २४ घण्टामा ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४६ हजा। २ सय ३३ पुगेको छ।

यो कूल संक्रमितमध्येको प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार