• बिहिबार, साउन १४ २०८३

नियमित तलबको माग गर्दै बोर्डिङका शिक्षकहरू आन्दोलनमा उत्रिए


आइतबार, असोज ४ २०७७
905
Shares

नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा गरेको कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण पत्र दिने भएको छ ।

यस्तै, ११–१३ असोजसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम् दिने र १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने इस्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिए ।

इस्टुले १८ असोजमा देशभरीका प्रमुख शहरहरूमा विरोध र्‍याली र कोणसभा गर्ने कार्यक्रम तय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार