सवारीसाधन एक आपसमा ठोक्किँदा सैनिकसहित दुई जनाको मृत्यु भएको छ।
शनिबार साँझ महोत्तरीको बर्दिबास नगरपालिका–६ किसानगरमा विपरित दिशाबाट आइरहेको पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रमोद राम र नेपाली सेनाका सिपाही देव बहादुर खपाङ्गीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईले बताए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि धनुषास्थित लालगढ मोडेल अस्पताल पठाइएको थियो।
त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाडौं रिफर गरिएको थियो । प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डिएसपी चापागाईले बताए ।