• सोमबार, साउन ११ २०८३

‘कोरोनाको महामारी रोक्न भ्याक्सिनले भन्दा धेरै सुरक्षा फेस मास्कले दिन्छ’


आइतबार, असोज ४ २०७७
640
Shares


काठमाडौँ। अमेरिकाको प्रमुख स्वास्थ्य संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)का निर्देशकले फेस मास्कले कोरोनाविरुद्धको भ्याक्सिनले भन्दा धेरै सुरक्षा प्रदान गर्ने बताएका छन् ।

सिडिसीका निर्देशक डा।रोबर्ट रेडफिल्डले अमेरिकी संसदको एक समितिलाई सुझाव दिने क्रममा फेस मास्कले भ्याक्सिनले भन्दा पनि राम्रो सुरक्षा दिनसक्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउने नीतिको समर्थक होइनन् । सांसदले सिडिसीका निर्देशकलाई यहीँ प्रश्न गरेका थिए । जवाफमा उनले भने, मैले राष्ट्रपतिको विषयमा प्रतिक्रिया दिन सक्दिन । तर सिडिसीको निर्देशकको रुपमा भन्दा मास्क जनताको स्वास्थ्यको लागी शक्तिशाली सहयोगी हो । मैले हरेक अमेरिकीलाई फेस मास्क लगाउनका लागि अपिल अवश्य पनि गर्छु ।

अमेरिकाको सिडिसीका प्रमुख रेडफिल्डले अमेरिकी नागरिकले केही हप्तासम्म मास्क लगाउँदासाथ कोरोना नियन्त्रणमा आउन सक्ने दावी पनि गरेका छन् । वैज्ञानिक तथ्य र प्रमाणले कोरोना नियन्त्रणको सबैभन्दा उत्तम उपाय फेस मास्क भएको उनको तर्क छ ।

अमेरिकी सांसदसँग उनले भने, मैले यो भन्छु कि कोरोना भ्याक्सिन लगाउनु र मास्क लगाउनुमा मास्कले राम्रो सहयोग गर्छ । मास्कले हामीलाई ७० प्रतिशत सुरक्षा प्रदान गर्छ । तर, मेरो शरीरमा रोग प्रतिरोधात्मक क्षमता पहिल्यै कमजोर भएमा भ्याक्सिनले सुरक्षा दिन सक्दैन । फेस मास्कबाट सुरक्षा अवश्य प्राप्त हुन्छ ।

सिबिएस न्युजका अनुसार कयौँ अमेरिकी वैज्ञानिक डा. रोबर्टका भनाइमा सहमत भएका छन् । भ्याक्सिनले मानिसको रोग प्रतिरोधात्मक क्षमताको प्रत्याभूति गर्दैन । त्यसैले अमेरिकाको एफडिएले ५० प्रतिशतमात्रै जोगाउन सकेमा पनि भ्याक्सिनलाई मान्यता दिने जनाएको थियो । अमेरिकी वैज्ञानिकले भ्याक्सिनले संक्रमितको संख्या घटाउन सहयोग गरे पनि सबैलाई सुरक्षा दिन नसक्ने दावी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार