काठमाडौँ । आइसोलेसनबाट फरार कोरोना संक्रमित थुनुवा पक्राउ परेका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका रमेश तामाङ काभ्रेको सिउरीबाट पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीलिप चौधरीले काभ्रेबाट आइतबार राति तामाङ पक्राउ परेको पुष्टि गरे ।
लागू औषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा रहेका तामाङलाई संक्रमण पुष्टि भएपछि बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आइसोलेसनमा राखिएको थियो ।
तामाङ गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।