• बिहिबार, साउन १४ २०८३

आन्तरिक वायुसेवामा सबै सिटमा यात्रु राख्न पाइने


आइतबार, असोज ४ २०७७
725
Shares

p8fgsf] kvf{Odf ljdfg lqe'jg cGt/f{li6«o ljdfg:yndf p8fgsf] kvf{Odf /x]sf ljdfg . t:jL/ M /Tg >]i7, /f;;


काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।

मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।

तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार