काठमाडौँ । सहकर्मी बलात्कारको आरोपमा प्रशासकीय अधिकृत पक्राउ परेको छ ।
पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्याय रहेका छन् ।
२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।
महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।