नेपाली बजारमा गुणस्तरहीन सेनिटाइजरको बिगबिगी भइरहेकै बेला विदेशबाट करोडौं रुपैयाँको सेनिटाइजर आयात भएको छ।
प्रयोगशाला नै नभएका उद्योगहरुले पनि सेनिटाइजर उत्पादन गरिरहेको अवस्थामा विदेशी आयात झनै उच्च भएको हो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सेनिटाइजर र मास्कको आयात ह्वात्तै बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ करोड २४ लाख १७ हजार रुपैयाँको सेनिटाइजर आयात भएको हो। उक्त मूल्यमा २ लाख ८८ लाख ९ सय ३३ केजी सेनिटाइजर आयात भएको तथ्यांकमा उल्लेख छ।
जबकी गत वर्षको चार महिनामा साढे २४ करोड रुपैयाँको सेनिटाइजर आयात भएको थियो।