• सोमबार, साउन ११ २०८३

आइसोलेशनमा नबस्नेले १५ लाख जरिवाना तिर्नुपर्ने


आइतबार, असोज ४ २०७७
950
Shares


काठमाडौँ । पछिल्लो साता बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएपछि सरकारले कडा नियम लागू गर्न थालेको छ ।

कोरोना संक्रमित भएकाहरु सेल्फ आइसोलेशनमा नबसेको पाइएमा करिब १५ लाख रुपैयाँसम्म (१० हजार पाउण्ड) जरिवाना तिर्नुपर्ने समाचारमा जनाइएको छ ।

आउँदो सेप्टेम्बर २८ बाट यो नियम लागू गरिने सरकारले घोषणा गरेको छ । यसअघि आइसोलेशनमा बस्ने निर्देशिका जारी गरिएको भएपनि अब यसलाई अनिवार्य रुपमा लागू गरिने भएको छ ।

नियम उलंघन दोहोरिँदै गएमा जरिवाना पनि सोहि अनुरुप डब्लिदै जाने र सो रकम एक हजार पाउँददेखि १० हजार पाउण्डसम्म हुने बताइएको छ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्नेछ ।

नयाँ नियमअनुसार निम्न आय भएकाको सेल्फ आइसोलेसन बस्नुपरेमा एक मुष्ट ५ सय पाउण्ड सम्म रकम प्राप्त गर्नेछन् । कोरोना भाइरससँग लड्नको लागि कडा नीति र यसको पालना नै महत्वपूर्ण भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार