कोरोना संक्रमणबामट नेपालमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाका ५९ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषको भेरी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा गएराति मृत्यु भएको जानकारी दिएका छन् ।
निमोनियाको समस्या भएर भदौ २० गते अस्पताल भर्ना भएका उनमा भदौ २१ गते कोरोना पुष्टि भएको थियो ।