• बिहिबार, साउन १४ २०८३

यातायातकाे काम आजदेखि गोरखामै हुने


आइतबार, असोज ४ २०७७
1.1K
Shares

गोरखा । नयाँ लाइसेन्स बाहेकका यातायात सम्बन्धी अधिकाशं प्रशासनीक काम अब गोरखामै हुने भएको छ ।

गण्डकी प्रदेशको भैतिक पूर्वाधार बिकास मन्त्रालयले, पूर्वाधार बिकास कार्यालय गोरखा माहतबाट उक्त सेवा प्रदान गर्न लागेको कार्यालय प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।

भदौं १ बाट जिल्लामा स्थापना भएको उक्त कार्यालयले असोज ४ गते अर्थात आजबाट यातायात सम्बन्धि सेवा पनि प्रदान गर्न लागेको उनले बताए ।

आज एक कार्यक्रमका वीच कार्यालयको उद्घाटन गर्ने तयारी छ ।

अब देखि बिलबुक रिन्यू, सबारी कर संकलन, रुट इजाजत पत्र नबिकरण, सवारी पास, अस्थायी रुट इजाजत लगायतका सेवा सञ्चालन यहीँबाट हुनेछ ।

नयाँ लाइसेन्सको कामका लागि भने पोखरा नै जानुपर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार