• शनिबार, भाद्र ६ २०८३

७ घण्टे उडानको सबै टिकट १० मिनेटमै बुक


शनिबार, असोज ३ २०७७
640
Shares

?????????????????????????

अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक कन्टास एयरलाइन्सको इतिहासमै पहिलोपटक १० मिनेटमै सबै टिकट बुकिङ भएको छ । उडानका लागि हालै १३४ सिटका लागि टिकट बुकिङ खुलाइएको थियो।

कोरोना प्रकोपका कारण सबै अन्तर्राष्ट्रिय उडान बन्द छन् । कोरोना भाइरस को महामारीका कारण मानिसलाई भ्रमण गर्न निकै गाह्रो भइरहेको छ।

अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक ‘कन्टास’ एयरलाइन्सले कहीँ पनि नपुगिने ७ घण्टे उडानको एउटा रमाइलो योजना ल्याएको छ। यस योजनाको अर्थ अस्ट्रेलियाका नागरिकलाई कोरोना प्रकोपबीच तनावमुक्त बनाउनु हो।

आगामी अक्टोबर १० मा कन्टासले सिड्नीबाट ७ घण्टाका लागि उडान भर्नेछ। विमानले यात्रुलाई आकाशमै घुमाएर फेरि सिड्नीमै ओह्राल्नेछ। सो क्रममा विमान अलुरु, काटा जुटा, द विटसन्डेज, गोल्ड कोस्ट, बाइरन बे र सिड्नी हार्बोरमाथि उड्नेछ।

कन्टासले इतिहासमै पहिलोपटक यति चाँडै टिकट बुकिङ भएको जनाएको छ।

उक्त टिकटका मूल्यहरु ७८७ अस्ट्रेलियन डलरदेखि ३७ सय ८७ डलरसम्म तोकिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार