• सोमबार, साउन ११ २०८३

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन


शनिबार, असोज ३ २०७७
730
Shares

काठमाडौं । जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

‘डा. केसीका माग पुरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर उनि जुम्लामा सत्याग्रह बसेका छन् । १९औं पटक अनसन बसेका डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन् ।

डा.केसी नोवेल कोरोना भाइरस कोभिड १९ को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि अनसनरत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार