काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणपछि स्वास्थ्य अवश्था जटिल बन्दा ओम अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएका हुन ।
कोइराला डाक्टरको सल्लाह अनुसार केहिदिन घरमै आइसोलेशनमा बस्ने जानकारी प्राप्त भएको छ ।
कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।